सरकार भन्छ– काेराेना नियन्त्रणमा चार महिनामा ६ अर्बभन्दा धेरै खर्च भयाे

सङ्क्रमित व्यक्तिले बीमा गरेकाे भए परीक्षण तथा उपचारकाे खर्च बीमा रकमबाट व्यहाेर्ने निर्णय

 कात्तिक २६, २०७७ बुधबार १७:९:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सरकारले कोरोना महामारी नियन्त्रणका लागि गएको चार महिनामा ६ अर्ब ८१ करोड ५९ लाख ६ हजार रुपैयाँ खर्च गरेको छ ।

कुल खर्चमध्ये हाई डिपेन्डेन्सी युनिटका लागि तीन अर्ब २५ करोड, प्रयोगशाला व्यवस्थापन तथा परीक्षणका लागि एक अर्ब १२ करोड ४० लाख रुपैयाँ र सङ्क्रमित व्यवस्थापन, कन्ट्याक्ट ट्रेसिङ, उपचार तथा जोखिम भत्ताका लागि एक अर्ब १४ करोड २९ लाख छ हजार रुपैयाँ खर्च भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिनुभयो ।

यस्तै आईसीयू तथा भेन्टिलेटर व्यवस्थापन र अस्पताल सुदृढीकरणमा एक अर्ब २९ करोड ९० लाख खर्च भएको प्रवक्ता गौतमले जानकारी दिनुभयो ।

यस्तै सरकारले सरकारी प्रयाेगशालामा कोरोना परीक्षण तथा सरकारी अस्पतालमा कोरोना उपचार निःशुल्क गर्ने निर्णय गरेको छ । तर सङ्क्रमण भएका व्यक्तिले कुनै किसिमको बीमा गरेको भएमा परीक्षण तथा उपचारको सबै खर्च बीमा रकमबाट व्यहाेर्ने निर्णय भएको मन्त्रालयले जनाएको छ । 

अन्तिम अपडेट: कात्तिक २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया