मानहुँकाेट जाँदै गरेको माइक्रो बस दुर्घटना : एकको ज्यान गयाे, आठ घाइते

 मंसिर ३, २०७७ बुधबार ११:१३:२० | समुद्र पौडेल
unn.prixa.net

तनहुँ - तनहुँको व्यास नगरपालिका-५ मानहुँकोटमा माइक्रोबस दुर्घटना हुँदा एक जनाको ज्यान गएकाे छ । दुर्घटनामा परि ८ जना घाइते भएका छन ।  

पोखराबाट मानहुँकोट घुम्न आउने पर्यटक लिएर आएको ग १ ख २९४२ नम्बरको माइक्रो भिरबाट खस्दा तनहुँ शुक्लागण्डकी नगरपालिका वडा नं. १, थप्रेककी २८ वर्षीया सुनिता गुरुङको ज्यान गएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रवक्ता एवं डीएसपी युवराज तिमिल्सिनाले जानकारी दिनुभयो । 

दुर्घटनामा परेर घाइते भएका अन्य ८ जनाको अवस्था सामान्य रहेको छ । उनीहरुको दमौलीमा रहेकाे रत्नहरी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
 

अन्तिम अपडेट: बैशाख ६, २०८१

समुद्र पौडेल

समुद्र पौडेल तनहुँका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया