जाजरकाेटबाट जुम्ला जाँदै गर्दा सम्पर्कविहीन भएका २ जना तीन दिनपछि सम्पर्कमा आए

 मंसिर ३, २०७७ बुधबार १३:४६:३ | नेत्र शाही
unn.prixa.net

काठमाण्डाै – तिहार मनाउन जाजरकोटबाट जुम्ला जाँदै गर्दा सम्पर्कविहीन भएका दुई जना तीन दिनपछि सम्पर्कमा आएका छन् ।

अत्यधिक हिमपात भएपछि बाटोमै अलपत्र परेर सम्पर्कविहीन भएका जुम्लाको तिला गाउँपालिका ४ का ५२ वर्षीय शिक्षक प्रेमबहादुर सिंह र जुनीचाँदे गाउँपालिका जाजरकोटका ५६ वर्षीय  हरिबहादुर शाही सम्पर्कमा आएका हुन् ।

उनीहरूले आफूहरु तातोपानी गाउँपालिकाको कागचुचा लेकमा रहेको र धेरै हिउँ रहेकोले आउन नसकेको बताएका प्रेमबहादुर सिंहका भाइ धीरबहादुर सिंहले जानकारी दिनुभयो । यस वर्ष मङ्सिर सुरु हुना साथै भएको हिमपातका कारण जुम्लामा चिसो बढेको छ भने लेकाली क्षेत्रमा हिउँ जमेर जनजीवन कष्टकर बनेको छ । 

अन्तिम अपडेट: बैशाख २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

नेत्र शाही

जुम्लामा बसेर पत्रकारिता गर्ने नेत्र शाही उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया