दैलेखमा सुत्केरी र शिशुको ज्यान गयो

 मंसिर ४, २०७७ बिहिबार ८:५४:२२ | अमर सुनार
unn.prixa.net

दैलेख - दैलेखको नारायण नगरपालिका- ११ विन्ध्यवासिनीमा सुत्केरी र शिशुको ज्यान गएको छ ।

१८ वर्षकी दीपा विक र नवजात शिशुको ज्यान गएको हो । कर्णाली प्रदेश अस्पताल सुर्खेतमा शल्यक्रिया गरी बच्चा जन्माएकी विक र नवजात शिशुको ज्यान गएको दीपाका देवर पूर्ण विकले बताउनुभयो । हिजो भगवतीमाई गाउँपालिका-२ माइतीघरको आँगनमा चिप्लिएर लडेपछि उहाँलाई उपचारका लागि सुर्खेत लगिएको थियो ।

स्वास्थ्यकर्मीले आउँदो २५ गते बच्चा जन्मने मिति दिएका थिए । पेटमा लागेको चोटका कारण ज्यान गएको अस्पतालले जनाएको छ ।

अन्तिम अपडेट: चैत ३०, २०८०

अमर सुनार

दैलेखका उज्यालो सहकर्मी अमर सुनार मानवअधिकारको क्षेत्रमा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया