खुम्बुको यती माउन्टेन होटलमा आगलागी

 मंसिर ७, २०७७ आइतबार २०:३८:१७ | सुवास दर्नाल
unn.prixa.net

फाइल फाेटाे

सोलुखुम्बु – सोलुखुम्बुको खुम्बु पासाङ ल्हामु गाउँपालिका ३ काे फाग्दिङमा रहेकाे यती माउन्टेन होम (होटल) मा आगलागी भएको छ ।

आइतबार बिहान ९ बजे विद्युत शर्ट भइ आगलागी हुँदा होटल पूर्णरूपमा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । आगलागीबाट होटलको भौतिक संरचनासहित होटलभित्र रहेका सम्पूर्ण सामग्री जलेर नष्ट भएको स्थानीय ल्हाक्पा ग्याल्जेन शेर्पाले जानकारी दिनुभयो ।

आगलागीबाट दुई करोड रुपैयाँ बराबरको क्षति भएको प्रहरीको अनुमान छ । आगो स्थानीय नेपाली सेना र प्रहरीको सक्रियतामा झण्डै पाँच घण्टापछि नियन्त्रणमा आएको बताइएकाे छ ।

याे होटल यती ग्रुपमार्फत झण्डै १२ वर्षअघि सञ्चालनमा आएकाे हाे ।   

अन्तिम अपडेट: बैशाख ७, २०८१

सुवास दर्नाल

उज्यालोका सोलुखुम्बु सहकर्मी सुवास दर्नाल हिमाल एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया