वर्षदिनमा सरकार फेर्ने बानी परेकाहरुलाई यो सरकार हटाउन हतार भयो : मन्त्री ज्ञवाली

 मंसिर १४, २०७७ आइतबार १७:५४:५१ | जनार्दन घिमिरे
unn.prixa.net

काठमाण्डाै – परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीले वर्तमान अवस्थामा जनताको रुचि मन्त्री वा प्रधानमन्त्री फेर्ने कुरामा नभई देशको अवस्था र जीवनस्तर फेर्ने कुरामा रहेको बताउनु भएको छ ।

गुल्मीको अस्लेवामा सम्पन्न खानेपानी आयोजनाको उद्घाटन कार्यक्रममा उहाँले वर्षदिनमा सरकार फेर्ने बानी परेकाहरुलाई सरकार फेर्न हतार भएको भन्दै सत्तापक्षीय तथा विपक्षीहरुलाई यो खेलमा लागेर जनतालाई पीडा नदिन आग्रह समेत गर्नु भएको छ ।

गुल्मीको सत्यवती गाउँपालीकाको अश्लेवामा आइतबार खानेपानी योजनाको उद्घाटन गर्दै मन्त्री ज्ञवालीले उक्त कुरा बताउनु भएको हो । । परराष्ट्रमन्त्री ज्ञवालीले सरकार जनताका न्यूनतम आवश्यकता पुरागर्दै ठूला-ठूला पूर्वाधारका काममा अधि बढेको उल्लेख गर्नु भयो ।

खानेपानी तथा सरसफाई डिभिजन कार्यालय गुल्मीले एक करोड ९६ लाख ४२ हजार सात सय ९८ रुपैयाँको लागतमा अस्लेवामा खानेपानी सम्पन्न भएको छ । दुई वर्षको अवधिमा निर्माण सम्पन्न भएको यो आयोजनाले अस्लेवाका एक सय ९४ घरमा ‘एक घर एक धारा’ पुगेको खानेपानी तथा सरसफाई डिभिजन कार्यालय गुल्मी इन्जिनियर प्रकाश न्यौपाने बताउनु भएको छ ।

अन्तिम अपडेट: बैशाख ६, २०८१

जनार्दन घिमिरे

गुल्मीका क्रियाशील पत्रकार जनार्दन घिमिरे लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया