सप्तरीमा एम्बुलेन्स दुर्घटना हुँदा एक जनाको ज्यान गयाे, चालक फरार

 मंसिर १६, २०७७ मंगलबार १३:१५:५२ | शुभनारायण यादव
unn.prixa.net

सप्तरी – सप्तरीबाट बिरामी बोकेर उपचारको लागि विराटनगर लैजाँदै गरेको एम्बुलेन्स दुर्घटना हुँदा एक जनाकाे ज्यान गएकाे छ । दुर्घटनामा अन्य तीन जना घाइते भएका छन् ।

सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका २ काे लौनियाँबाट बिरामी बोकेर विराटनगर जाँदै गरेको स १ च ११२२ नम्बरको एम्बुलेन्स सडकमा रोकिएको एम ०१–एल–०३३६ ट्रलीमा ठोक्किँदा मङ्गलबार दुर्घटना भएको हो ।

दुर्घटनामा तिलाठी २ काे लौनियाँका ६५ वर्षीय ननुलाल मण्डलको ज्यान गएकाे प्रहरीले जनाएको छ । त्यस्तै दुर्घटनामा मृतककी ४५ वर्षीया पत्नी भाेलिदेवी मण्डल, ३० वर्षीय छोरा जितेन्द्र मण्डल र ५० वर्षीय भाइ रामसुन्दर मण्डल घाइते भएका छन् ।

घाइतेहरूलाई उपचारका लागि विराटनगरकाे नोबेल अस्पतालमा भर्ना गरिएको छ । एम्बुलेन्स चालक फरार रहेकोले उनकाे खोजी भइरहेकाे जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

अन्तिम अपडेट: चैत २३, २०८०

शुभनारायण यादव

शुभनारायण यादव सप्तरीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया