सप्तरीमा माहुरीको टोकाइबाट एक महिलाको ज्यान गयाे

 मंसिर १७, २०७७ बुधबार १०:४८:१२ | शुभनारायण यादव
unn.prixa.net

सप्तरी - सप्तरीको रुपनी गाउँपालिका वडा न १ मा माहुरीको टोकाइबाट एक महिलाको ज्यान गएकाे छ ।

घर नजिकैको खेतबारीमा गएको बेला अचानक माहुरीले टोक्दा स्थानीय राजेशकुमार यादवकी  २४ वर्षीया श्रीमती रमिला देवी यादवको ज्यान गएकाे प्रहरीले जनाएको छ ।

तत्कालै युनिक अस्पताल रायपुरमा उपचारको लागि भर्ना गरिएको तथा उपचारको क्रममा उनको ज्यान गएकाे इलाका प्रहरी कार्यालय रुपनीले जनाएको छ ।

मृतकको शव राजविराजमा रहेकाे गजेन्द्रनारायण सिंह, अञ्चल अस्पतालमा पोष्टमार्टमका लागि पठाएको तथा घटनाको थप अनुसन्धान कार्य भइरहेको सप्तरी प्रहरीले जनाएको छ ।

अन्तिम अपडेट: चैत २३, २०८०

शुभनारायण यादव

शुभनारायण यादव सप्तरीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया