विवेकशील–साझा एक भए

 मंसिर २४, २०७७ बुधबार १६:३२:१७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – विवेकशील नेपाली दल र साझा पार्टीबीच एकता भएकाे छ । मङ्गलबार दिउँसाे अनलाइन कार्यक्रममार्फत विवेकशील–साझा पार्टी एक भएकाे घोषणा गरिएको हाे ।

साझा पार्टीको कार्यालय बखुण्डोल ललितपुरमा दुवै पार्टीका वार्ता टोलीका सदस्यहरू मात्रैको उपस्थितिमा साझा पार्टीका संयोजक रवीन्द्र मिश्र र विवेकशील नेपाली दलका अध्यक्ष मिलन पाण्डेले एकीकरण घोषणापत्रमा हस्ताक्षर गरेका हुन् । 

यसअघि यी दुई पार्टीबीच २०७४ साउन ११ गते एकता भएकाे थियाे तर २०७५ पुस २७ गते पार्टी विभाजित भएकाे थियो ।

एकीकृत पार्टीको नाम ‘विवेकशील साझा पार्टी’ हुने र लोगो र चुनाव चिह्न ‘तराजु’ हुनेछ । एकीकृत पार्टीको केन्द्रीय समितिमा दुवै पक्षबाट ६५-६५ जना सदस्य रहने गरी कुल एक सय ३० जना केन्द्रीय सदस्य हुनेछन् । एकीकृत पार्टीको केन्द्रीय समितिको पहिलो बैठकले दुवै पक्षबाट बराबरीको सङ्ख्या (१३-१३ जना) मा सदस्यहरू रहने केन्द्रीय सचिवालय गठन गर्नेछ ।

'यो एकीकरणले परम्परागत राजनीतिको दुष्चक्रबाट नेपाली समाजलाई मुक्त गर्नेछ भन्ने हाम्रो विश्वास हो। यो एकीकरणले भ्रष्टाचार, कुशासन र राज्यहीनताको अवस्थाबाट थिलथिलो भएका नेपाली नागरिकका सपनाहरूलाई पुनर्जागृत गर्दै राजनीतिमा नयाँ आशा सञ्चार गर्नेछ भन्नेमा पनि हामी विश्वस्त छौँ', घाेषणापत्रमा भनिएकाे छ । 

यस्ताे छ घाेषणापत्र–

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया