२९ गतेको प्रदर्शनको लागि कांग्रेसका शीर्ष नेता मुख्य सहरमा जाने, कुन ठाउँमा को  ?

 मंसिर २६, २०७७ शुक्रबार १७:४३:२८ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – नेपाली कांग्रेसले सरकारको मनोमानीविरुद्ध आउँदो सोमबार हुने देशव्यापी प्रदर्शनको लागि तयारी तीव्र भएको जनाएको छ । नेपाली कांग्रेसले देशका मुख्य–मुख्य सहरमा सम्बोधनको लागि नेताहरू नामावली पनि सार्वजनिक गरेको छ ।

यो सरकार आएपछि भ्रष्टाचार बढेको, कोरोना रोकथाममा निरीह भएको, तनहुँमा वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि दमन गरेको लगायत विषयमा केन्द्रित रहेर कांग्रेसले देशव्यापी प्रदर्शन गर्न लागेको छ ।

२९ गते सभापति शेरबहादुर देउवाले हेटौँडामा हुने प्रदर्शनलाई सम्बोधन गर्नुहुनेछ भने वरिष्ठ नेता रामचन्द्र पौडेल काठमाण्डौको प्रदर्शनमा सहभागिता हुनुहुनेछ । यस्तै महामन्त्री शशाङ्क कोइराला विराटनगर, उपसभापति विमलेन्द्र निधि भक्तपुर, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला महोत्तरी, प्रकाशमान सिंह धनुषा, सीतादेवी यादव ललितपुर, प्रकाशशरण महत झापा, पूर्वउपसभापति गोपालमान श्रेष्ठ काभ्रे, चित्रलेखा यादव सप्तरी र रामशरण महत चितवन जानुहुनेछ ।

यस्तै अर्जुननरसिंह केसी पोखरा, एनपी साउद अछाम, गगन थापा कैलाली र प्रदीप पौडेल कञ्चनपुरमा हुने प्रदर्शनमा सहभागी हुने नेपाली कांग्रेसले जनाएको छ ।  

अन्तिम अपडेट: बैशाख २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया