दूषित र न्यूनस्तरको खाद्य पदार्थ उत्पादन बिक्री गर्ने उद्योगविरुद्ध मुद्दा दायर

 मंसिर २८, २०७७ आइतबार २०:१७:४ | दयाराम आचार्य
unn.prixa.net

नवलपरासी – दूषित र न्यूनस्तरको खाद्य पदार्थ उत्पादन तथा बिक्री, वितरण गर्ने दुई उद्योगविरुद्ध मुद्दा दायर गरिएको छ । नवलपुर जिल्ला अदालतमा आइतबार ती उद्याेगविरुद्ध मुद्धा दायर गरिएको हो ।

प्रशोधित पिउने पानी र भेजिटेबल सस उत्पादन गर्ने उद्योगविरुद्ध कारबाहीका लागि मुद्दा दायर गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय भैरहवाका वरिष्ठ खाद्य अनुसन्धान अधिकृत विमलकुमार दाहालले बताउनुभयो । गैँडाकोट नगरपालिका ४ मा रहेको माउण्ट एभरेष्ट पिउने पानी उद्योग र भरतपुर १ को कुँवर एण्ड ब्रदर्श ग्रुपलालाई कारबाहीका लागि मुद्दा दायर गरिएको अधिकृत दाहालले बताउनुभयो ।

दुवै उद्योगले खाद्य ऐनको उल्लङ्घन गरेकाले खाद्य ऐन २०२३ को दफा ५ (१) बमोजिम कारबाहीको मागदाबीसहित मुद्दा दायर गरिएको छ । वरिष्ठ खाद्य अनुसन्धान अधिकृत दाहालका अनुसार यी उद्योगलाई  बढीमा ५० हजार रुपैयाँसम्म जरिबाना र पाँच वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ ।  

अन्तिम अपडेट: चैत २९, २०८०

दयाराम आचार्य

नवलपरासी सुस्ता पूर्वका उज्यालो सहकर्मी दयाराम आचार्य स्थानीय एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया