कांग्रेस जेठाे हाे, जेठाे दाइकाे घर भत्कियाे भन्दैमा अन्तरे–जन्तरे जेठाे हुन सक्दैनन् : प्रवक्ता शर्मा

 मंसिर २९, २०७७ सोमबार १७:३:४७ | हरि हुमागाईं
unn.prixa.net

मकवानपुर नेपाली कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले आफ्नो पार्टीलाई नजिस्काउन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सरकारलाई चेतावनी दिनुभयो । नेपाली कांग्रेस मकवानपुरले सोमबार हेटौँडाको बुद्धचोकमा आयोजना गरेको सरकार विरुद्धको प्रदर्शनलाई सम्बोधन गर्दै उहाँले यस्ताे बताउनुभएकाे हाे ।

कोरोना महामारीको अवस्थामा सरकारले पीसीआर परीक्षण किन बढाएन, किन भेन्टिलेटरको व्यवस्था गरेन, किन आइसोलेशन र क्वरेण्टीनको उचित व्यवस्था गरिएन भन्ने प्रश्न गर्न आफूहरु सडकमा उत्रिनुपरेको बताउनुभयो ।

एमाले र माओवादीबीच सत्ताको लागि मात्रै एकता भएको शर्माको भनाइ थियो । अहिले नागरिकहरु कोरोना भाइरसको मारमा परिरहेका शर्माले बताउनुभयो ।

नेपाली कांग्रेस जेठो भएको स्मरण गराउँदै शर्माले जेठो दाइको घर भूकम्पले भत्कियो भन्दैमा अन्तरे जन्तरेहरू जेठो हुन नसक्ने उहाँले बताउनुभयो । नागरिक मारमा भएको बताउँदै उहाँले मारमा परेको नागरिकले सरकार जिन्दावाद भनेर नारा लगाउन नसक्ने शर्माको भनाइ थियो ।

अस्पतालमा आमालाई भर्ना गर्न गएको छोरा आमाले उपचार नपाएपछि सरकार जिन्दावाद भन्न सक्दैन, यातायात व्यवसायीहरू, विदेशमा सङ्कटमा रहेका नेपालीहरू कसैले पनि सरकार जिन्दावाद भन्न नसक्ने शर्माले बताउनुभयो । हरेक सङ्कटको बेला नेपाली कांग्रेसले नेतृत्व गरेको स्मरण गराउँदै शर्माले अहिलेको सङ्कटमा पनि कांग्रेसले नै नेतृत्व गर्ने उहाँको भनाइ छ । 

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आज (सोमबार) देशभर सरकारविरुद्ध विरोध प्रदर्शन गरेकाे छ । विरोध प्रदर्शनका लागि कांग्रेस कार्यकर्ताले देशैभर र्‍या​ली निकालेका छन् ।

काठमाण्डौ उपत्यकामा पनि विभिन्न ठाउँबाट र्‍याली निकालिएको छ । सरकार भ्रष्टाचार, कुशासन र अधिनायकवादतर्फ उन्मुख भएको भन्दै कांग्रेसले देशव्यापी विरोध प्रदर्शन आयोजना गरेको हो । कांग्रेसका शीर्ष नेताहरु विरोध प्रदर्शनका लागि देशका विभिन्न जिल्लामा पुगेका छन् ।

सभापति शेरबहादुर देउवा मकवानपुर पुग्नुभएको छ भने वरिष्ठ नेता रामचन्द्र पौडेल काठमाण्डौको शान्ति बाटिकाबाट सम्बोधन गर्दै हुनुहुन्छ । उपसभापति विमलेन्द्र निधि भक्तपुर, महामन्त्री डा. शशाङ्क कोइराला मोरङ, सहमहामन्त्री डा. प्रकाशशरण महत झापा, सहमहामन्त्री सुनिलबहादुर थापा धनकुटामा सम्बोधन गर्दै हुनुहुन्छ ।

अर्का महामन्त्री पूर्णबहादुर खड्का भने केन्द्रीय कार्यालय सानेपामा बसेर देशभरका कार्यक्रमको जानकारी लिने र समन्वय गर्ने भूमिकामा हुनुहुन्छ । यस्तै पूर्व उपसभापति गोपालमान श्रेष्ठ काभ्रेपलाञ्चोक, पूर्व महामन्त्री प्रकाशमान सिंह धनुषा, पूर्व सहमहामन्त्री अजुर्ननरसिंह केसी कास्की, केन्द्रीय सदस्य डा. रामशरण महत चितवन, पूर्व कोषाध्यक्ष चित्रलेखा यादव सप्तरी र युवा नेता गगन थापा कैलाली पुग्नुभएको छ ।  

अन्तिम अपडेट: चैत १४, २०८०

हरि हुमागाईं

मकवानपुरका उज्यालो सहकर्मी हरि हुमागाईं नेपाल पत्रकार महासंघको पूर्व जिल्ला अध्यक्षसमेत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया