कीर्तिपुरमा टिप्परको ठक्करबाट मोटरसाइकल चालकको ज्यान गयो

 मंसिर ३०, २०७७ मंगलबार ८:१७:१४ | मनिराज पाण्डे
unn.prixa.net

​काठमाण्डौ - काठमाण्डौकाे कीर्तिपुर नगरपालिका-६ चोभारमा भएको दुर्घटनामा एक जनाको ज्यान गएको छ ।

गएराति सवा ९ बजे बल्खुबाट चोभार जाँदै गरेकाे बा ४ ख ४५६५ नम्बरको टिप्पर र स १० प ४९१३ नम्बरको मोटरसाइकल आपसमा ठोक्किँदा मोटरसाइकलका चालक खोटाङका २४ वर्षका सरोज राईको घटनास्थलमा नै ज्यान गएको प्रहरीले जनाएको छ ।

टिप्पर चालकलाई प्रहरी पक्राउ गरेको छ ।

अन्तिम अपडेट: चैत १३, २०८०

मनिराज पाण्डे

कालिकोटका पत्रकार मनिराज पाण्डे उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया