खुकुरी हानेर छोरा र सहाेदर भाइको हत्यापछि आत्महत्याको प्रयास

 साउन ३०, २०७५ बुधबार १५:१८:२२ | राजु लामिछाने

रुकुम पश्चिम - मुसीकोट नगरपालिका–१४, लोरिवाङका ३६ वर्षीय शंकर विष्टले खुकुरी प्रहार गरी छोरा तथा सहोदर भाइको हत्या गरेका छन् ।

उनले बुधबार बिहान ६ वर्षीय छोरा सुदर्शन विष्ट र २० वर्षीय भाइ गोकर्ण विष्टको हत्या गरेको प्रहरीले जनाएको छ । अन्धाधुन्ध खुकुरी तथा हँसिया प्रहार गर्दा शंकरका अरु २ छोरा घाइते भएका छन् ।

एउटा छोरा र भाइको हत्या र २ छोरालाई घाइते बनाएपछि शंकर आफूले पनि आत्महत्याको प्रयास गरेको जनाइएको छ ।

शंकरले आफूमाथि पनि हँसिया प्रहार गरेको खुलेको छ । शंकर तथा घाइते दुई छोरा १३ वर्षका प्रकाशसिङ विष्ट र ९ वर्षका दिनेश विष्टको जिल्ला अस्पताल सल्लेमा उपचार भैरहेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक सुमित खड्काले जानकारी दिनुभयो ।

शंकरको २ वर्षदेखि मानसिक सन्तुलन गुमेको सुन्नमा आएको प्रहरीले जनाएको छ । घटनाको विस्तृत विवरण अँझै खुलिनसकेको प्रनाउ खड्काले बताउनुभयो ।

अन्तिम अपडेट: बैशाख ७, २०८१

राजु लामिछाने

राजु लामिछाने रुकुमका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया