चिनियाँ कम्युनिस्ट पार्टीकाे प्रतिनिधिमण्डलले राष्ट्रपतिलाई भेट्याे

 पुष १२, २०७७ आइतबार २०:११:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – चिनियाँ कम्युनिस्ट पार्टीको एक प्रतिनिधिमण्डलले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेको छ ।

चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येचौकोको नेतृत्वको टोलीले  बेलुका ५ बजे शीतल निवास पुगेर राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेको हो । भेटमा समसामयिक राजनीतिक​ लगायतका विषयमा छलफल भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

राष्ट्रपति भण्डारीसँगको भेटपछि चिनियाँ टोलीले बालुवाटार पुगेर प्रधानमन्त्री ओलीसँग भेट गर्ने बताइए पनि समय अभावका कारण भाेलि भेटघाट हुने बताइएकाे छ । टोलीले नेकपाका शीर्ष नेताहरूसँग भेटघाट गर्ने स्रोतले जनाएको छ । तर यसबारे परराष्ट्र मन्त्रालयले कुनै पनि औपचारिक जानकारी दिएको छैन ।

बेइजिङबाट छङ्तुको बाटो हुँदै टोली दिउँसो सवा एक बजे काठमाण्डौ आइपुगेका हो । नेपालको पछिल्लो राजनीतिक घटनाक्रम बुझ्न चिनियाँ उच्च तहका नेताको नेतृत्वमा आएको टोलीले चीनका राष्ट्रपति सी जिनपिङको सन्देश प्रवाह गर्ने बुझिएको  छ ।

यसअघि नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल समूहका दुई अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालसँग छुट्टाछुट्टै भेटवार्ता गर्नुभएको थियो । प्रतिनिधि सभा भङ्ग भएसँगै नेपालमा गहिरिएको राजनीतिक सङ्कटबारे चीनले चासोका साथ हेरिरहेको छ ।  

अन्तिम अपडेट: मंसिर ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया