वाग्मती प्रदेश लोकसेवा आयोगले माग्यो ११५२ जना कर्मचारी

 पुस १३, २०७७ सोमबार ११:२३:४ | हरि हुमागाईं
unn.prixa.net

मकवानपुर - वाग्मती प्रदेशको प्रदेश लोकसेवा आयोगले एकैपटक एक हजार एक सय ५२ जना कर्मचारी मागेको छ ।

प्रदेश लोकसेवा कार्यालयले आज विज्ञापन गर्दै एकै पटकमा ठूलो संख्यामा कर्मचारी माग गरेको हो । वाग्मती प्रदेश लोकसेवा आयोगले यसअघि पनि चौथो तहका ४ सय ६९ जना कर्मचारी माग गरेर आवेदनसमेत लिएको छ । 

आज माग गरिएका कर्मचारीहरु वाग्मती प्रदेशका चार वटा मन्त्रालय र प्रदेशका ६२ वटा पालिकामा रिक्त रहेका पदका लागि रहेको प्रदेश लोकसेवा आयोगका अध्यक्ष सुरेश मान श्रेष्ठले जानकारी दिनुभयो ।

प्रदेश लोकसेवा आयोगले खुल्लातर्फ ५ सय ३८ जना, ज्येष्ठतातर्फ ४ सय ७ जना, कार्यक्षमतातर्फ एक सय ९६ जना, आन्तरिक प्रतियोगितातर्फ ९ जना, कार्यसम्पादनतर्फ २ जना माग गरेको छ । वाग्मती प्रदेश लोकसेवा आयोग गठन भएपछि कर्मचारी माग गरिएको यो दोस्रो पटक हो । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

हरि हुमागाईं

मकवानपुरका उज्यालो सहकर्मी हरि हुमागाईं नेपाल पत्रकार महासंघको पूर्व जिल्ला अध्यक्षसमेत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया