११ वटा एयरलाइन्सले हवाई भाडादरको विवरण बुझाए
मंसिर ७, २०८१ शुक्रबार
काठमाण्डाै - कोरोना सङ्क्रमण पुष्टि भइसकेपछि त्यसलाई ग्राफमा राखिन्छ । सङ्क्रमितको आधारमा ग्राफ तलमाथि हुने गर्छ । सङ्क्रमित धेरै भएमा ग्राफ माथि जान्छ भने थोरै भएमा तल जान्छ।
ग्राफ तल आइसकेर फेरि माथि गयो भने त्यसलाई कोरोनाको अर्को वेभ वा कोरोनाको दोस्रो लहर आएको भनेर बुझिन्छ । कोरोनाबाट बच्नका लागि विश्व स्वास्थ्य संगठन र सरकारले भनेका सावधानी नअपनाउँदा वा अरु विभिन्न कारणले गर्दा सङ्क्रमितको संख्या घटेर सामान्यतर्फ गइसकेपछि पनि फेरि बढ्नुलाई कोरोनाको दोस्रो वेभ आउनु भनिन्छ ।
कोरोना फैलन नदिने उपाय भनेका जनस्वास्थ्यका मापदण्ड पालना गर्नु हो । जस्तै एक अर्कालाई शंकाको घेरामा राख्ने, मास्क लगाउने, भौतिक दूरी कायम गर्ने र पटक-पटक साबुन पानीले हात धुने वा स्यानिटाइजरको प्रयोग गर्ने । यी कुरामा हामी चुक्यौँ भने कोरोना सङ्क्रमितको संख्या बढ्दै जान्छ ।
हाम्रो स्वास्थ्यको क्षमता, उपकरण र पूर्वाधारले धान्न सक्ने भयो भने धेरै जटिल हुँदैन । तर धानेन भने खतरनाक हुन सक्छ । व्यवस्थापन गर्न सक्ने क्षमताभन्दा बाहिर गएमा भने कोरोनाबाट हुने जोखिम पनि बढी हुने गर्छ ।
हाम्रो क्षमताले भ्याएन भने सङ्क्रमितको निगरानी गर्न गाह्रो हुन्छ । सङ्क्रमितलाई स्वास्थ्य जटिलता भएमा कोरोनाको औषधि उपलब्ध नभए पनि लक्षणकोसमेत उपचार गर्न सकिँदैन । सङ्क्रमण बढ्दै गयो भने व्यवस्थापनमा चुनौती हुन्छ । अर्को कुरा भनेको भाइरसहरुको रुप परिवर्तन भइरहने गुण हुन्छ । नयाँ स्वरुपमा भाइरस आयो भने लक्षण र सर्ने प्रवृत्ति पनि परिवर्तन हुन सक्छ ।
कोरोना भाइरस सङ्क्रमण सुरु भएको एक वर्ष भइसकेकाले यसबारे केही कुराहरु अध्ययन तथा अनुसन्धानले पनि देखाइसकेका छन् । तर धेरै विषय अझै अनुसन्धानकै क्रममा छन् । एकपटक सङ्क्रमण भएर निको भएका व्यक्तिहरुलाई कति समयसम्म भाइरसको सङ्क्रमण हुँदैन, सङ्क्रमण भएमा समस्या हुन्छ वा हुँदैन भन्ने पनि खोजकै विषय हुन् । तर एक पटक सङ्क्रमित भइसकेकामा फेरि सङ्क्रमण हुने सम्भावना न्यून नै भएको प्रारम्भिक अध्ययनहरुले देखाएका छन् । धेरै पाटोहरु अध्ययन, अनुसन्धानले बाहिर ल्याउन बाँकी नै छ ।
अहिले कोरोनाको ग्राफ घटेको छ । फेरि बढ्न सक्छ कि भन्ने एक खालको विश्लेषण पनि हुन थालेको छ । सबैको प्रयासले मात्र कोरोनाको ग्राफ घटाउन सम्भव भएको हो । सरकारले मात्रै चाहेर सङ्क्रमण रोक्न सक्दैन ।
हामीले कायम गर्ने भौतिक दूरी, एक अर्कालाई शंकामा राखेर गर्ने व्यवहारबारे सरकारले जानकारी गराउँछ । तर हात धुने, मास्क लगाउने र भौतिक दूरी कायम गर्ने कुराको पालना सबैले गर्नुपर्छ । र नबुझेका व्यक्तिलाई बुझाउनु पर्छ । हामीले अहिले सामान्य क्षतिमा सङ्क्रमण रोकिराखेका छौँ । कोरोना नियन्त्रणका लागि हामी सबैले हातेमालो गर्नुपर्छ ।
भोलिका दिनमा पनि सबैको सहयोग आवश्यक हुन्छ । सरकारले यसको अभिभावकत्व लिने यसका लागि चाहिने नीति नियम बनाउने, चाहिने सामग्रीको जोहो गर्ने, सङ्क्रमणको चाँडो पहिचान गर्ने, सम्पर्कमा आएका व्यक्तिहरुको खोजी गर्ने, उनीहरुलाई आइसोलेशनमा राख्ने, उपचार आवश्यक भएकालाई उपचार गर्ने, उपचारका लागि सहजीकरण गर्ने पाटोमा सरकारले काम गर्न । गर्दै आएको पनि छ ।
पछिल्लो समय बेलायतलगायतका कतिपय देशमा नयाँ स्वरूपको कोरोना भाइरस देखिएको छ । कुनै पनि भाइरसहरुमा सामान्यदेखि ठूला खालका परिवर्तनहरु हुन्छन् । कोरोना भाइरस पनि परिवर्तन हुन सक्छ भनेर पहिलेदेखि नै भन्दै आएको कुरा हो । परिवर्तन भएर आएमा कसरी काम गर्ने भनेर प्राविधिकहरुले त्यसअनुसारको काम पनि गरिराख्नुभएको हुन्छ ।
पछिल्लो समय बेलायतलगायतका देशमा अहिलेको भन्दा अलि फरक भाइरस देखिएको छ । यसले सङ्क्रमण दरमा प्रभाव पारिरहेको छ भन्ने कुराहरु बाहिर आइरहेका छन् । जोखिमयुक्त देशबाट नेपाल आएका कतिपयमा नयाँ स्वरूपको भाइरस देखिन सक्छ । नेपालबाट बेलायतलगायतका देशमा दैनिक आवतजावत भइरहने भएकाले भाइरस हाम्रो देशमा आइपुग्ने सम्भावना उच्च नै छ ।
जोखिमयुक्त देशबाट आउने सबैलाई अनिवार्य रुपमा क्वरेण्टीनमा बस्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अनुरोध गरेको छ । स्थल वा हवाईमार्गबाट आउनेलाई अनिवार्य क्वरेण्टीनमा बस्न लगाउने, नाकाहरुमा निगरानी गर्ने, परीक्षण गर्नेलगायतका काम सरकारले गरिराखेको छ ।
बेलायतबाट आएका केही व्यक्तिमा सक्रमण पुष्टि भएको छ । तर यो नयाँ स्वरुपको हो या होइन भन्नेबारे भने भाइरसको जीन परीक्षण गरेर नतिजा आएपछि मात्रै थाहा हुन्छ । जीन परीक्षणको नतिजा आएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गर्छ ।
कुनै पनि भाइरसहरुले आफूलाई छिटो – छिटो परिवर्तन गर्न सक्ने क्षमता राखेका हुन्छन् । त्यसकारणले गर्दा औषधि तथा खोप पत्ता लगाउन धेरै कठिनाइ हुन्छ । अरु भाइरसको तुलनामा कोरोना भाइरस स्थिर देखिएको छ । एक वर्षमा पनि त्यति धेरै परिर्वतन भएन । पछिल्लो समय मात्र केही परिवर्तन भएर आएको हो ।
केही परिवर्तन भनेको लक्ष्यण र सङ्क्रमण हुने विषयमा फरक पार्छ भन्ने कुराहरु बाहिर आएका छन् । नयाँ स्वरुपको कोरोना भाइरसले पार्न सक्ने प्रभाव, लगायतका विषयमा अझै खोज, अनुसन्धानहरू हुन बाँकी नै छन् । अलि बढी सङ्क्रामक छ भन्ने कुराहरु प्रारम्भिक नतिजाले देखाएका छन् । तर यसको लक्षण, औषधिलगायतका विषयहरु खोजकै क्रममा छन् ।
कोरोना भाइरसबाट बच्नका लागि हामीले विभिन्न सावधानीहरु अपनाउँदै आएका छौँ । सरकारले पनि अनुरोध गर्दै आएको कुराहरु नै नयाँ स्वरुपको भाइरसबाट बच्नका लागि लागू गर्नु पर्छ। कोरोनाबाट बच्नका लागि अपनाइने सावधानीहरु यस्तै प्रकारले सर्ने अरु भाइरसहरुबाट बच्न पनि काम लाग्छ ।
नयाँ स्वरुपको कोरोना भाइरसबाट बच्नका लागि पनि एक अर्कालाई शंकाको दृष्टिले हेर्ने, काम नपरि घर बाहिर नजाने, भौतिक दूरी कायम गर्ने र साबुनपानीले हात धुने गर्नुपर्छ । यस्तै व्यवहारले अहिलेको कोरोनाको सङ्क्रमणलाई रोक्न सक्छ । परिवर्तन भएको भाइरसको सङ्क्रमणलाई पनि रोक्न सक्छ । अरु सङ्क्रामक रोगहरुलाई पनि रोक्न सक्छ ।
स्वास्थ्य मापदण्ड लागू गर्ने कुराहरु व्यवहारमा उतार्नुपर्छ । हामीभन्दा पछिल्ला पुस्तालाई पनि सिकाउनुपर्छ । अहिले सरकारले परीक्षणका लागि, क्वरेण्टीनका लागि, आइसोलेशनका लागि आवश्यक जोहो गर्ने काम गरिरहेको छ । सरकारका विभिन्न निकायले आ-आफ्नो ढंगबाट काम अगाडि बढाइरहेका छन् ।
तर हामी अहिल्यै डराउनु पर्दैन । जिम्मेवारी भने निर्वाह गर्नुपर्छ । जस्तै कोही व्यक्तिहरु प्रभावित देशबाट आउँदै हुनुहुन्छ भने सकेसम्म नआउनका लागि अनुरोध गर्ने, आउनुपर्ने नै कारण भएर आएमा अनिवार्य रुपमा क्वरेण्टीनमा बस्न लगाउने, नेपालमै भएकाहरु पनि काम नपरी नहिँड्ने, हिँड्दा सोचेर हिँड्ने, काम विशेष निस्कँदा मास्क लगाउने, सरसफाईमा ध्यान दिने गर्नुपर्छ ।
सरकारी निकायले पनि आफ्नो ठाउँमा जिम्मेवारी निभाउनुपर्छ । नागरिकले पनि सरकारले भने अनुसार स्वास्थ्य मापदण्ड पालना गर्नुपर्छ । त्यति गर्न सकिएमा डराउन वा चिन्ता गर्नुपर्दैन ।
(स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिर अधिकारीसँग जानुका दुवाडीले गर्नुभएको कुराकानीमा आधारित)
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
डा. समिर अधिकारी स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता हुनुहुन्छ ।