जुम्लामा हिमपात : हवाई सेवा प्रभावित

 पुस २०, २०७७ सोमबार १०:१२:५३ | नेत्र शाही
unn.prixa.net

जुम्ला - जुम्लामा हिमपात सुरु भएको छ ।

जुम्लाको उच्च हिमाली क्षेत्रमा एक फिटसम्म हिउँ परेको छ भने गहिरो ठाउँमा हिउँ जमेको छ । हिउँ परेसँगै डाँडाकाँडा सेताम्य भएका छन् । हिमपातका कारण हवाई उडान समेत प्रभावित भएको छ । जुम्ला विमानस्थलमा जहाज बस्न नसकेको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । 

जुम्ला सदरमुकाममा पनि रातभरि सामान्य पानी परेसँगै हिउँ जमेको छ । यसवर्षकाे मौसम चिसो भएका कारण हिउँ धेरै पर्न सक्ने स्थानीय बताउँछन् । अहिले जुम्लाको तापक्रम माइनसबाट शून्यमा उक्लेको जल तथा मौसम विज्ञान कार्यालयले जानकारी दिएको छ ।

कार्यालयका प्रमुख आशामपुरा कार्कीकाअनुसार आइतबार न्यूनतम माइनस ३ दशमलव ८ डिग्री रहेको तापक्रम बादल र हावा कम भएपछि शून्य दशमलव ६ पुगेकाे छ ।

 

अन्तिम अपडेट: बैशाख ५, २०८१

नेत्र शाही

जुम्लामा बसेर पत्रकारिता गर्ने नेत्र शाही उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया