सुनको भाउ आज तोलामा ८ सय रुपैयाँले बढ्यो

 पुस २०, २०७७ सोमबार ११:४३:५६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - सुनको भाउ आज एकैदिन तोलामा ८ सय रुपैयाँले बढेको छ । 

सुनको भाउ आज तोलामा ९५ हजार ३ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलामा ९४ हजार ५ सय रुपैयाँ थियो । 

अन्तर्राष्ट्रिय बजारमा नै सुनको भाउ अस्थिर रहेकाले नेपाली बजारमा पनि भाउमा उतारचढाव आइरहेको महासङ्घले जनाएको छ । 

यस्तै, आज चाँदी पनि आज तोलामा २५ रुपैयाँले बढेको छ । चाँदी आज तोलाको १३ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ ।
 

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया