कालीकाेटकाे बालीघाटमा ढुङ्गा खसेपछि कर्णाली राजमार्ग अवरुद्ध

 पुस २०, २०७७ सोमबार १२:५९:३१ | नेत्र शाही
unn.prixa.net

जुम्ला - कर्णाली राजमार्ग अन्तर्गत कालीकाेटकाे बालीघाटमा ठूलो ढुङ्गा खसेपछि सडक अवरुद्ध भएको छ । 

आइतबार राति राजमार्गमा ढुङ्गा खसेपछि यात्रुलाई आवतजावत गर्न समस्या भएको छाप्रे प्रहरी चौकीका असई खगिराम थारु मगरले जानकारी दिनुभयाे  । 

माथिबाट खसेको ढुङ्गाले एक स्थानीयको घर भत्काएको असई थारुमगरले बताउनु भयाे । सडक अवरोधका कारण जुम्ला-सुर्खेत र सुर्खेत-जुम्ला आउने/जाने ठूला तथा साना गाडीहरुको  आवतजावत रोकिएको छ ।  

अवरुद्ध सडक खुलाउन आवश्यक मेसिनसहित जनशक्ति त्यस क्षेत्रमा पठाइएको सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख लीलाबहादुर भण्डारीले जानकारी दिनुभयो । 

अन्तिम अपडेट: चैत २१, २०८०

नेत्र शाही

जुम्लामा बसेर पत्रकारिता गर्ने नेत्र शाही उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया