सप्तरीमा ट्रकको ठक्करबाट एक जनाको ज्यान गयाे

 पुस २१, २०७७ मंगलबार १२:१९:२२ | शुभनारायण यादव
unn.prixa.net

सप्तरी - सप्तरीको रुपनी गाउँपालिकामा ट्रकको ठक्करबाट आज बिहान एक जनाको ज्यान गएकाे छ । 

पूर्व–पश्चिम राजमार्गअन्तर्गत रुपनी गाउँपालिका-६ वीरेन्द्र बजारमा भएको दुर्घटनामा सप्तरीको  विष्णुपुर गाउँपालिका-१ वासितपुरका ३५ वर्षीय रामकुमार खत्वे मण्डलको ज्यान गएकाे जिल्ला प्रहरी कार्यालय सप्तरीका डीएसपी एवम् प्रवक्ता भुवनेश्वरप्रसाद साहले जानकारी दिनुभयो । 

ट्रकको ठक्करबाट गम्भीर घाइते भएका मण्डलको स्थानीय अस्पतालमा उपचारका क्रममा ज्यान गएको प्रहरीले जनाएको छ । ठक्कर दिने ट्रकलाई नियन्त्रणमा लिएर दुर्घटनाबारे थप अनुसन्धान भइरहको सप्तरी प्रहरीले जनाएको छ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

शुभनारायण यादव

शुभनारायण यादव सप्तरीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया