सुनको भाउ तोलामा एक सय रुपैयाँ घट्यो

 पुस २४, २०७७ शुक्रबार ११:२५:८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - सुनको कारोबार हुने हप्ताको अन्तिम दिन आज तोलामा एक सय रुपैयाँ घटेको छ । 

सुनको भाउ आज तोलामा ९५ हजार ३ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलामा १३ सय रुपैयाँले घटेर ९५ हजार ४ सय रुपैयाँ तोकिएको थियो । 

अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ घटबढ हुँदा नेपालमा पनि घटबढ हुने गरेको छ । चाँदीको भाउ पनि आज तोलामा १० रुपैयाँ घटेर तोलाको १३ सय ३० रुपैयाँमा कारोबार भइरहेको छ ।

अन्तिम अपडेट: पुस २६, २०७७

तपाईको प्रतिक्रिया