जुम्लामा पनि सुरु भयो कालिज पालन व्यवसाय

 पुष २५, २०७७ शनिबार १४:४५:१ | नेत्र शाही
unn.prixa.net

जुम्ला – जुम्लामा कालिज पालन व्यवसाय सुरु गरिएको छ । पर्यटक प्रवर्धन, दीर्घकालीन व्यवसाय र उत्पादनका लागि जिल्लाको गुठिचौर गाउँपालिका ४ विगारे गाउँमा कालिज पालन सुरु गरिएको हो । 

जुम्लामै हजारौँ संख्यामा कालिज पालन गरी ग्रामीण पर्यटनलाई बढावा दिने र  जङ्गली कालिजको चोरी सिकारी कम गर्न व्यवसाय थालिएको  सञ्चालक महाकृष्ण पाण्डेले जानकारी दिनुभयो । उहाँका अनुसार महालक्ष्मी कालिज फर्म खोलेर व्यवसाय सुरु गरिएको छ । स्वदेशमै स्वरोजगार सिर्जना गरी देशको आर्थिक विकासमा सहयोग पुर्याउने उद्देश्यसाथ व्यवसाय सुरु गरिएको पाण्डेले थप्नुभयो । 

हिमाली हावापानीमा पालिएको कालिज पोषणको हिसाबले पनि निकै उत्तम हुने भएकाले यहाँको मासुको गुणस्तर तथा स्वादमा फरक हुने उहाँले बताउनुभयो । 

एक वर्षमा एक हजार उत्पादनको लक्ष्य :

जुम्लामै कालिजका चल्ला उत्पादन गर्ने लक्ष्यसाथ खोलिएको यो फार्म भविष्यमा रिसर्च सेन्टरका रूपमा समेत विकसित गर्ने तयारी रहेको छ । यसका साथै एक हजार बढी चल्ला उत्पादन गर्ने लक्ष्य लिइएको फर्मले जनाएको छ ।

पाण्डेका अनुसार १५ लाख रुपैयाँ लगानीमा फर्म खोलिएको हो । फर्ममा अहिले ४० वटा पोथी र १ सय १५ वटा भाले कालिज छन् ।  कालिज पालन व्यवसाय राम्रो फस्टाइरहेको उहाँले बताउनुभयो । प्रति कालिज तीनहजार पाँच सय रुपैयाँमा बिक्री गरिएको छ । यो मूल्य करिब स्थानीय कुखुराको मूल्य बराबर भएकाले बिक्री बढी हुन थालेको उहाँको भनाइ छ । 


 

अन्तिम अपडेट: मंसिर ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

नेत्र शाही

जुम्लामा बसेर पत्रकारिता गर्ने नेत्र शाही उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया