भैँसी चोेरेर फरार भएका व्यक्ति २४ वर्षपछि पक्राउ

 पुस २७, २०७७ सोमबार १०:१७:४५ | शुभनारायण यादव
unn.prixa.net

सप्तरी - भैँसी चोरेर फरार भएका एक व्यक्तिलाई सप्तरी प्रहरीले झन्डै २४ वर्षपछि पक्राउ गरेको छ । 

सप्तरीको कन्चनरुप नगरपालिका-४ का ५० वर्षीय लक्ष्मण सरदार बातरलाई भैँसी चोरी गरेको आरोपमा पक्राउ गरिएको हो ।

स्थानीय भरत लाल बहरखेर यादवको भैँसी चोरेको आरोपमा बातरलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका डीएसपी एवम् प्रवक्ता भुवनेश्वरप्रसाद साहले जानकारी दिनुभयो । 

डीएसपी साहकाअनुसार पक्राउ परेका बातरलाई एक महिना कैद र ३७ हजार रुपैयाँ जरिवानाको फैसला गरिएको थियो । उनी विगत २४ वर्षदेखि फरार रहेको अवस्थामा प्रहरीले गोप्य सूचनाको आधारमा पक्राउ गरेकाे हाे। 

पक्राउ परेका बातरलाई जिल्ला अदालतबाट म्याद थप गरेर आवश्यक अनुसन्धानकाे काम भइरहेको प्रहरीले जनाएको छ ।
 

अन्तिम अपडेट: बैशाख १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

शुभनारायण यादव

शुभनारायण यादव सप्तरीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया