सुनको भाउ आज पनि घट्यो

 पुस २७, २०७७ सोमबार ११:४२:५० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - सुनको भाउ आज पनि घटेको छ ।

सुनको भाउ आज तोलामा आठ सय रुपैयाँ घटेर ९२ हजार दुई सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

गएकाे शुक्रबारको तुलनामा हिजो एकैदिन तोलामा २ हजार ३०० रुपैयाँले घटेर हिजो सुन तोलाको ९३ हजार रुपैयाँमा कारोबार भएको थियो । यस्तै, चाँदीको भाउ पनि तोलामा ४० रुपैयाँले घटेर १२ सय ३० रुपैयाँमा कायम भएको छ । हिजो चाँदी तोलाको १२ सय ७० रुपैयाँमा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको भाउ घटेसँगै नेपाली बजारमा पनि सुनचाँदीको भाउ घटेको महासङ्घको भाउ निर्धारण समितिका संयोजक तेजरत्न शाक्यले बताउनुभयो ।   
 

अन्तिम अपडेट: बैशाख ३, २०८१

तपाईको प्रतिक्रिया