सुनको भाउ तोलामा ६ सय रुपैयाँ बढ्यो

 पुस २८, २०७७ मंगलबार ११:३५:१८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - सुनको भाउ आज तोलामा ६ सय रुपैयाँले बढेको छ । 

हिजो तोलामा आठ सय रुपैयाँ घटेर ९२ हजार दुई सय रुपैयाँमा झरेको सुन भाउ आज फेरि ६ सय रुपैयाँले बढेर ९२ हजार ८ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । 

आज चाँदीको भाउ पनि बढेको छ । चाँदी तोलामा २० रुपैयाँले बढेर १२ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । 

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया