सुनको भाउ आज ८ सय रुपैयाँले घट्यो

 माघ १, २०७७ बिहिबार १२:१:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - सुनको भाउ आज एकैदिन ८ सय रुपैयाँले घटेको छ ।

आज सुनको भाउ तोलामा ९२ हजार एक सय रुपैयाँ निर्धारण गरिएको छ । यो हिजोको मूल्यभन्दा ८ सय रुपैयाँ सस्तो हो । 

हिजो तोलामा सुन ९२ हजार ९ सय रुपैयाँ थियो । अन्तर्राष्ट्रिय बजारमा नै सुनको भाउमा उतारचढाव देखिएकाले नेपाली बजारमा पनि सुनको भाउमा घटबढ भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । 

यस्तै, आज चाँदीको भाउ तोलामा १२ सय ४५ रुपैयाँ छ । हिजो चाँदी तोलामा १२ सय ६० रुपैयाँ थियो ।

अन्तिम अपडेट: बैशाख ३, २०८१

तपाईको प्रतिक्रिया