युवती जिस्क्याएको निहुँमा भएकाे विवादमा झडप हुँदा १५ घाइते

 माघ २, २०७७ शुक्रबार ११:५७:४८ | शुभनारायण यादव
unn.prixa.net

सप्तरी - सप्तरीको रुपनी गाउँपालिका-३ हर्दिया कटेयामा झगडा हुँदा १५ जना घाइते भएका छन् ।

एक युवतीलाई जिस्क्याएको निहुँमा विवाद हुँदा भएको झडपमा १५ जना घाइते भएका हुन् ।

झडपमा युवती पक्षका ८ जना र जिस्क्याउने समूहका ७ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय सप्तरीका डीएसपी एवम् प्रवक्ता भुवनेश्वरप्रसाद साहले जानकारी दिनुभयो ।

घाइतेको राजविराजमा रहेको गजेन्द्रनारायण सिंह अस्पतालमा उपचार भइरहेको छ । 
 

अन्तिम अपडेट: बैशाख १३, २०८१

शुभनारायण यादव

शुभनारायण यादव सप्तरीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया