जुम्लामा अनिश्चितकालका लागि यातायात सेवा बन्द

 माघ २, २०७७ शुक्रबार १३:०:३ | नेत्र शाही
unn.prixa.net

जुम्ला - जुम्लामा अनिश्चितकालका लागि यातायात सेवा बन्द गरिएको छ ।

चन्दननाथ नगरपालिकाले एकतर्फी रुपमा चर्को कर लगाएको र एक हप्ताअघि गरिएको ध्यानाकर्षणलाई बेवास्ता गरेकाे भन्दै माघ १ गतेबाटै जुम्लाबाट छुट्ने छोटो तथा लामो दूरीका यातायात सेवा बन्द गरिएको यातायात व्यवसायीले जनाएका छन् ।

व्यवसायीले संयूक्त विज्ञप्ति जारी गरेर अनिश्चितकालका लागि बन्द सेवा गरिएको बताएका हुन् । यसअघि सात यातायात प्रालिले हस्ताक्षर गरेर नगरपालिकाकाे ध्यानाकर्षण गराएका थिए ।

उनीहरुले नयाँ बसपार्कमा उचित सुरक्षाकाे व्यवस्था, शौचालय घेराबार, पर्खाल, पिउने पानी, बत्ती चमेनागृहसमेत नभएको भन्दै त्यसकाे व्यवस्थापनका लागि माग गरेका छन्। यातायात व्यवसायीले एक हप्तादेखि वार्ताको लागि आग्रह गरे पनि सम्बन्धित पक्ष मौन भएकाले आन्दोलनमा उत्रिनुपर्ने अवस्था आएको बताएका छन् । 

यसअघि नगरपालिकाले नयाँ बसपार्कमा अनिवार्य गाडी पार्किङ गर्ने प्रक्रियाअगाडि बढाएको थियो । 

अन्तिम अपडेट: चैत १५, २०८०

नेत्र शाही

जुम्लामा बसेर पत्रकारिता गर्ने नेत्र शाही उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया