चिसाेका कारण तराईकाे जनजीवन कष्टकर, गाउँपालिकाले दाउरा बाँड्न थाल्याे

 माघ २, २०७७ शुक्रबार १९:५५:५१ | शुभनारायण यादव
unn.prixa.net

सप्तरी – बाक्लो हुस्सु र कुहिरोसँगै चिसो बढेका कारण तराईसहित मधेशका जिल्लाहरूको जनजीवन कष्टकर बनेको छ । हुस्सु र कुहिरोसँगै शीतसमेत झर्न थालेकाले जाडो निकै बढेको हो ।

जाडो बढेपछि सप्तरीको सप्तकोशी नगरपालिकाले सबै विद्यालय एक हप्ताका लागि बिदा दिएको छ । चिसोका बढ्दै गएपछि सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकालले दाउरा वितरण सुरु गरेको छ ।

नगर क्षेत्रका साथै ग्रामीण क्षेत्रका चोक, सार्वजनिक ठाउँमा आवागमन गर्ने बटुवा तथा विपन्न बस्तीमा बसोवास गर्ने मानिसहरूलाई लक्षित गरि दाउरा वितरण सुरु गरिएको डिभिजन वन कार्यालय सप्तरीका प्रमुख सन्तोषकुमार झाले जानकारी दिनुभयो । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

शुभनारायण यादव

शुभनारायण यादव सप्तरीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया