यूएईमा रहेका नेपालीबीच प्रथम अन्तरसंस्था ब्याडमिण्टन प्रतियोगिता सम्पन्न

 माघ ३, २०७७ शनिबार २०:३:१ | उमाकान्त पाण्डे
unn.prixa.net

यूएई –  नेपाली समाज यूएईको आयोजना र नेपाल ब्याडमिण्टन कम्युनिटी यूएईको प्राविधिक सहयोगमा प्रथम अन्तरसंस्था ब्याडमिण्टन प्रतियोगिता सम्पन्न भएको छ ।  दुबई ड्रागन मार्टको अन्तर्राष्ट्रिय मापदण्डको ब्याडमिण्टन कोर्टमा भएको खेलमा नेपाली समाज यूएईमा आबद्ध संस्था तथा एनआरएनएले समेत सहभागीता जनाएको थियो ।

प्रतियोगितामा १४ वटा संस्थाहरुबाट पुरुष तर्फ २३ वटा समूह र महिलातर्फ ४ समूह सहभागी भएका थिए । समाजका खेलकुद विभाग प्रमुख हिरालाल श्रेष्ठको संयाेजकत्वमा प्रतियोगिता आयोजना गरिएको हो ।  

संघसस्थाबीच भाइचाराको सम्बन्ध विकास तथा थप समन्वय बढाउनका लागि आयोजना गरिएको मैत्रिपूर्ण प्रतियोगितामा चितवन समाज यूएई च्याम्पियन बन्याे । यस्तै लमजुङ समाजले दोस्रो स्थान कब्जा गर्याे । महिला तर्फ नेवा पुँचका दुई समूहले कास्की आदर्श सेवा समाज र सुदूरपश्चिम सेवा समाजलाई हराएर क्रमश: पहिलो र दोस्रो स्थान हात पार्न सफल भए ।

शुक्रबार मध्यान्न १२ बजे बाट सुरु भएको खेल साँझसम्म चलेको थियो । नेपाली समाजका पूर्व अध्यक्ष कृष्णबहादुर ढकालको प्रमुख आतिथ्यता तथा यहाँ क्रियाशील संघसस्थाका प्रतिनिधिहरुको विशेष आतिथ्यमा प्रतियोगिताको समापन गरिएको हो ।

कार्यक्रममा प्रतियोगितामा प्रथम र दाेस्राे स्थान प्राप्त गरेको समूह तथा खेलाडीलाई ट्रफी,मेडल र नगद पुरस्कार समेत प्रदान गरिएको आयोजक नेपाली समाज यूएईका महासचिव वेदप्रसाद अर्यालले जानकारी दिनुभयो ।

अन्तिम अपडेट: चैत १२, २०८०

उमाकान्त पाण्डे

उज्यालाे सहकर्मी उमाकान्त पाण्डे युएईमा बसेर पत्रकारिता गर्नुहुन्छ। 

तपाईको प्रतिक्रिया