सोलुखुम्बुको महादेव भीरमा ट्रक दुर्घटना, तीन जनाको ज्यान गयो

 माघ ५, २०७७ सोमबार ९:२५:२२ | सुवास दर्नाल
unn.prixa.net

सोलुखुम्बु - सोलुखुम्बुको महादेव भीरमा ट्रक दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ । एक जना घाइते भएका छन् ।

सोलु दूधकुण्ड नगरपालिका तिङ्ला बरडाँडा र नेचा सल्यान गाउँपालिकाको सिमाना महादेव भीरमा गएराति बा ४ ख ७९८० नम्बरको ट्रक दुर्घटना हुँदा चालक धादिङका कमल मगर, हेटौँडाका रामकुमार मगर र सप्तरीका कृष्ण चौधरीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक अनिल माबोहाङले जानकारी दिनुभयो ।

दुर्घटनामा हेटौँडाका रमेश मगर घाइते हुनुभएको छ । उहाँलाई उपचारका लागि जिल्ला अस्पताल फाप्लु लगिएको छ । दूधकोशी सोलुखोला जलविद्युत् आयोजनाको निर्माण सामग्री बोकेको ट्रक भीरबाट खसेको प्रहरीले जनाएको छ ।

अन्तिम अपडेट: चैत २६, २०८०

सुवास दर्नाल

उज्यालोका सोलुखुम्बु सहकर्मी सुवास दर्नाल हिमाल एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया