गाली बेइज्जती गर्नेलाई जेल

 भदौ १, २०७५ शुक्रबार ८:८:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – रिस उठ्यो भन्दैमा कसैलाई जथाभावी गाली नगर्नुस् है, पर्नुहोला नि फन्दामा । कसैलाई गाली गरेमा १० हजार रुपैयाँसम्म जरिवाना तिर्नुपर्ने हुन्छ ।त्यति मात्र होइन एकवर्ष कैद वा दुवै सजाय पनि हुन सक्छ । मुलुकी अपराध (संहिता) ऐन–२०७४ ले यस्तो व्यवस्था गरेको हो । 

शुक्रबारदेखि कार्यान्वयनमा आएको मुलुकी अपराध संहिता ऐनको भाग ३ को परिच्छेद २ मा गाली बेइज्जतीसम्बन्धी कसूर व्यवस्था गरिएको छ । 

दफा ३ सय ५ ले कसैले कसैलाई गाली गर्न हुँदैन भनेको छ । यदि कसैलाई होच्याउने नियतले बोली वा वचनले अपमानजनक शब्द प्रयोग गरेमा यस्तो कसूर गर्ने वा गराउने व्यक्तिलाई एक वर्षसम्म कैद वा दश हजार रुपैयाँँसम्म जरिबाना वा दुवै सजाय हुने ऐनमा छ ।
 
२०१६ सालमा बनेको गाली र बेइज्जतीको ऐन–२०१६ माथि २०३७ सालमा पहिलो संशोधन गरिएको थियो । सर्वसाधारणको इज्जत र मानमर्यादा कायम राख्न पाउने अधिकारको रक्षाका लागि गाली र बेइज्जतीको कसूरको निम्ति सजायको व्यवस्था गर्न आवश्यक देखिएकाले ऐन जारी भएको हो । 

त्यस्तै कसैले कसैको बेइज्जती गरे वा गराएमा निजलाई दुई वर्षसम्म कैद वा २० हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने उल्लेख छ ।  विद्युतीय वा अन्य आमसञ्चारका माध्यमबाट बेइज्जती गरे वा गराएमा त्यस्तो सजायमा थप एक वर्षसम्म कैद र १० हजार रुपैयाँसम्म थप जरिवाना हुनेछ ।

मरिसकेका कुनै व्यक्तिलाई यस परिच्छेद बमोजिम बेइज्जती गरेको ठहरिएमा कसुरदारबाट त्यस्तो बेइज्जतीबाट भावनामा चोट लागेको निजको हकवालाई समेत क्षतिपूर्ति दिनुपर्ने उल्लेख छ ।

अन्तिम अपडेट: फागुन २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • Suraj Gurung

    Aug. 17, 2018, 8:29 a.m.

    यो कुनै ठूलो कुरा होइन। भ्रष्टाचार र बलात्कारका विरुद्धमा के कस्ता कानुन बने? त्यस विषयको समाचारलाई बडि प्राथमिकता दिउँ। कि कसो हो?

  •  0 Reply

तपाईको प्रतिक्रिया