रुस र युक्रेनद्वारा एकअर्कामाथि ड्रोन आक्रमणलाई निरन्तरता
चैत १, २०८१ शुक्रबार
कालीकोट – कालीकोटको खाँडाचक्र नगरपालिका–१० चौकीमा कुटपिट र चक्कु प्रहारमा संग्लन ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
दुई गाउँका किशोरहरूबीच झगडा हुँदा कुटपिट र चक्कु प्रहारबाट तिलागुफा नगरपालिका–७ छाप्रेका १७ वर्षीय राजेश शाहीको ज्यान गएको थियो । कुटपिटबाट १६ वर्षीय भूपेन्द्र शाही सामान्य घाइते हुनुभएको छ ।
अस्ति बुधवार राति खाँडाचक्र–१० चौकीका हस्तबहादुर मल्लको नयाँ घर बनाउँदा गरिने पूजा (पछेटा) मा रमाइलो हेर्न आएकाबीच कुटपिट र चक्कु प्रहारमा संग्लन रहेको आरोपमा खाँडाचक्र–९ दशला घर भएका ६ जना किशोरलाई पक्राउ गरिएको कालीकोटका प्रहरी प्रमुख डीएसपी टेकबहादुर रावतले बताउनुभयो ।
प्रहरीले सोधपुछका लागि घरधनीका दम्पतीलाई समेत जिल्ला सदरमुकाम मान्म ल्याइएको छ । घटना भएको चौकीगाउँ सदरमुकाम मान्मबाट ३५ किमी टाढा पर्छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
कालिकोटका पत्रकार मनिराज पाण्डे उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ ।