मिथिला मध्यमा परिक्रमा सम्पन्न
चैत १, २०८१ शुक्रबार
काठमाडौं - बिरामीको उपचारमा लापरबाही गर्ने डाक्टर तथा स्वास्थ्यकर्मीलाई कडा कारबाही हुने भएको छ । मुलुकी अपराध संहिता ऐनले जन्मकैद हुनेसम्मको व्यवस्था गरेको छ । डाक्टरहरुले भने यो व्यवस्थाप्रति असहमति जनाएका छन् ।
ऐनमा कसैले कसैको ज्यान मार्ने वा अंगभंग गर्ने नियतले उपचार गरी ज्यान लिएमा ज्यान मारे सरह सजाय हुने उल्लेख छ । त्यस्तै एक किसिमको उपचार गर्नुपर्नेमा अर्कै उपचार गरी ज्यान गएमा पनि त्यही सजाय हुनेछ । कुनै औषधि खुवाउँदा वा खान सिफारिस गर्दा कसैको ज्यान मर्न वा अंगभंग हुन सक्छ भन्ने जान्दाजान्दै त्यस्तो औषधि खुवाउनेलाई पनि सजाय हुने उल्लेख छ ।
यस्तो औषधि खान सिफारिस गर्नेलाई पनि जन्मकैदको सजाय हुने व्यवस्था छ । त्यस्तै कुनै एक अंगको चिरफार गर्नुपर्नेमा अर्को अंग चिरफार गर्नेलाई र त्यस्तो अंग बेकम्मा बनाउन वा शरीरबाट त्यसलाई अलग गर्ने काम गर्ने र गराउनेलाई पनि जन्मकैदको सजाय हुने व्यवस्था छ ।
यस्तै लापरबाही र हेलचेक्रयाइँ गरेर कसैको उपचार गर्दा ज्यान गए वा अंगभंग भए सजायको व्यवस्था गरिएको छ ।
लापरबाहीबाट ज्यान गएमा वा कसैको अंगभंग भएमा पाँच वर्षसम्म कैद र पचास हजार रुपैयाँसम्म जरिवाना तोकिएको छ भने हेलचेक्रयाइँबाट यसो हुन गएमा तीन वर्षसम्म कैद २० हजार रुपैयाँसम्म जरिवाना हुने भनिएको छ ।
त्यस्तै मञ्जुरीबिना मानव शरीर परीक्षण गर्ने चिकित्सकलाई पनि तीन वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिवाना गराउने व्यवस्था नयाँ ऐनमा छ ।
नयाँ व्यवस्था अनुसार रगत, खकार, पिसाब इत्यादिको प्याथोलोजिकल परीक्षण गर्दा झूटो विवरण दिने चिकित्सक वा स्वास्थ्यकर्मीलाई ३ वर्षसम्म कैद वा २० हजार रुपैयाँसम्मको जरिवाना हुने उल्लेख छ ।
यस्तो झूटा विवरणका आधारमा औषधि खाँदा कसैको ज्यान गएमा सम्बन्धित डाक्टर वा स्वास्थ्यकर्मीलाई जन्मकैदकै सजाय हुनेछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।