सुनको भाउ तोलामा ९३ हजारभन्दा माथि

 माघ ८, २०७७ बिहिबार ११:७:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - सुनको भाउ आज पनि बढेको छ ।

सुनकाे भाउ तोलामा आज ६ सय रुपैयाँले बढेर तोलाको ९३ हजार १ सय रुपैयाँ पुगेको छ ।

हिजो सुनको भाउ तोलामा ९२ हजार ५ सय रुपैयाँ थियो । अन्तर्राष्ट्रिय बजारमा नै सुनको भाउ बढेकाले नेपालमा पनि महँगो भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घका पूर्व अध्यक्ष तेजरत्न शाक्यले बताउनुभयो ।

अन्तर्राष्ट्रिय बजारमा आज २० डलरले बढेर सुन प्रतिऔंश १८ सय ७२ डलर पुगेको छ । यस्तै, आज चाँदी पनि तोलामा १५ रुपैयाँले बढेर १२ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ । 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया