‘सूर्य चिन्ह हामीले पाउने पक्का भैसक्यो, निर्वाचन आयोगमा ओलीको...
फागुन १७, २०७७ सोमबार
नवलपरासी - नवलपुर (बर्दघाट सुस्तापूर्व )को कावासोतीमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको ज्यान गएकाे छ । कावासोती नगरपालिका वडा नम्बर-८ मा रहेकाे भित्रकाे सडकखण्डमा गएराति ना २२ प ६५५५ नम्बरकाे मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको ज्यान गएको हो ।
मोटरसाइकल दुर्घटना हुँदा ज्यान गुमाउनेमा कावासोती नगरपालिका वडा नम्बर -३, बस्ने २४ वर्षीय हेमराज थापा र कावासोती -८, बस्ने २६ वर्षीय सुनिल जैसवाल रहेको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्व नवलपुरका प्रहरी नायब उपरीक्षक दिलीप गिरीले बताउनुभयो ।
मोटरसाइकल अनियन्त्रित भएर सालको रुखमा ठक्कर खाँदा दुर्घटना भएको प्रहरी नायब उपरीक्षक गिरीले बताउनुभयो ।
नवलपरासी सुस्ता पूर्वका उज्यालो सहकर्मी दयाराम आचार्य स्थानीय एफएममा पनि कार्यरत हुनुहुन्छ ।