खेलकुद मन्त्री तामाङलाई गृह जिल्ला प्रवेशमा अवराेध

 माघ १०, २०७७ शनिबार १४:५१:५० | किरण थापा
unn.prixa.net

सिन्धुपाल्चाेक – प्रतिनिधिसभा विघटनपछि ओली समूहबाट मन्त्री बनेका युवा तथा खेलकुद मन्त्री दावा तामाङलाई गृह जिल्ला सिन्धुपाल्चोक प्रवेशमा अवराेध गरिएकाे छ ।

कार्यकर्ता भेलाको सम्बोधनका लागि भन्दै गृहजिल्ला सिन्धुपाल्चोक आउँदै गरेका तामाङलाई बीचबाटोमै अवरोध गरिएको हाे । इन्द्रावती गाउँपालिका ४ टाकुरेमा स्थानीयले बीच बाटोमै रूख ढालेर मेलम्चीबाट प्रवेश गर्नमा रोक लगाइएको स्थानीयले जानकारी दिए ।

तामाङ  एेसेलुखर्कमा आयाेजित कार्यकर्ता भेलालाई सम्बाेधन गर्न आउनुभएकाे हाे ।

अन्तिम अपडेट: बैशाख ७, २०८१

किरण थापा

किरण थापा सिन्धुपाल्चाेकका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया