सुनको भाउ सामान्य घट्यो, चाँदीको स्थिर

 माघ ११, २०७७ आइतबार ११:३४:२१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - सुनकाे भाउ आज पनि सामान्य घटेको छ ।

हप्ताको पहिलो दिन आज सुनको भाउ तोलामा ९२ हजार ६ सय रुपैयाँमा रहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

सुनको आजको भाउ अस्ति शुक्रबारको भन्दा तीन सय रुपैयाँ सस्तो हो । चाँदीको भाउ भने आज स्थिर छ ।

चाँदीको भाउ अस्तिको जस्तै तोलामा १२ सय ६० रुपैयाँ रहेको महासङ्घले जनाएको छ।


 

अन्तिम अपडेट: बैशाख १, २०८१

तपाईको प्रतिक्रिया