चिसाे माैसमका कारण आर्मी र मणिमुकुन्दबीचकाे दाेस्राे सेमिफाइ...
पुस २३, २०८१ मंगलबार
काठमाण्डौ – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केपी शर्मा ओली पक्षले निर्वाचन आयोगलाई चुनावको तयारीमा अगाडि बढ्न आग्रह गरेको छ । निर्वाचन आयोगले बोलाएको छलफलमा ओली पक्षले आयोगलाई चुनावको तयारीमा निरन्तर अघि बढ्न आग्रह गरेको हो ।
नेता सुवासचन्द्र नेम्वाङको नेतृत्वमा गएको ओली पक्षको टोलीले कुनै समूहले प्रश्न उठाउँदैमा चुनाव प्रभावित नहुने भन्दै दल दर्ता, चुनावको तयारीलगायतका काम अगाडि बढाउन आयोगलाई आग्रह गरेको हो ।
आयोगले सर्वोच्च अदालतले अन्यथा आदेश नगरेमा तोकिएकै समयमा चुनाव गर्न प्रतिबद्ध रहेको बताएको छलफलपछि नेता नेम्वाङले जानकारी दिनुभयो । निर्वाचन आयोगले शुक्रबार (आज) छलफलका लागि नेकपाको ओली र प्रचण्ड–नेपाल पक्षलाई बोलाएको थियो ।
यसअघि छलफलमा पुगेका प्रचण्ड–नेपाल समूहका नेताले भने केही दिनको समय मागेर फर्किएका थिए । सरकारले आउँदो वैशाख १७ र २७ गते गरि दुई चरणमा चुनावको मिति तोकेको छ ।
गएको पुस ५ गते सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरि चुनावको मिति घोषणा गर्नुभएको हो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।