अन्तर्राष्ट्रिय स्पर्धाका पदक विजेता खेलाडी प्रधानमन्त्रीबाट पुरस्कृत
पुस २३, २०८१ मंगलबार
काठमाण्डाै – निर्वाचन आयोगले बोलाएको छलफलमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल पक्ष सहभागी नभएपछि फेरि अर्को बैठक आयोजना गर्ने भएको छ ।
निर्वाचन आयोगले निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्न सूचना प्रकाशन र आयोगले निर्वाचन तयारीका सम्बन्धमा अहिलेसम्म गरेका कामको विषयमा छलफल गर्न भनि नेकपाको दुवै पक्षलाई बोलाएको शुक्रबारको छलफलमा प्रचण्ड–माधव पक्षले सहभागिता नजनाएपछि आयोगले फेरि अर्को बैठक बोलाउने भएको छ ।
शुक्रबार प्रचण्ड–माधव पक्षले अध्यक्षद्वय कार्यक्रमको सिलसिलामा उपत्यकाबाहिर रहेको र छलफलमा अध्यक्ष स्वयं उपस्थिति हुन चाहेको भए पनि १८ गतेसम्म उपस्थिति हुन नसक्ने औपचारिक पत्रसाथ जानकारी गराएको निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) केपी शर्मा ओली पक्षको तर्फबाट नेता सुवासचन्द्र नेम्वाङसहित नेपाल सरकारका मन्त्रीहरूको उपस्थितिमा निर्वाचन आयोगका प्रमुख आयुक्त तथा आयुक्तहरूसँग अनौपचारिक छलफल गरिएको उहाँको भनाइ छ ।
छलफलमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाबाट आयोगले चुनावकाे तयारीको सम्बन्धमा अहिलेसम्म गरेका प्रगतिको बारेमा जनकारी गराउनुभएको र निर्वाचन आयुक्त ईश्वरीप्रसाद पौड्यालले तोकिएको मितिमा चुनाव सम्पन्न गर्न आयोगले तयारी गरेको तथा चुनाव सम्पन्न गर्न राजनीतिक दलबाट आयोगले सहयोगको अपेक्षा गरेको बताउनुभएको प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो ।
आयुक्त पौड्यालले चुनाव सम्पन्न गर्नका लागि राजनीतिक दलहरूबाट उपयुक्त राजनीतिक वातावरण सिर्जना हुनुपर्ने भन्दै त्यसको जिम्मेवारी राजनीतिक दलको नै भएको स्पष्ट पार्नुभएको प्रवक्ता श्रेष्ठको भनाइ छ । आयोगले अर्को बैठक उपयुक्त समयमा बोलाउने आयुक्त पौडेलले बताउनुभएको प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।