बर्ड फ्लू : तारकेश्वरमा अध्ययन गर्न प्राविधिक टोली पुग्दै, घरपालुवा पक्षीमा समस्या देखिए परीक्षण गराउन आग्रह

 माघ १८, २०७७ आइतबार १३:२१:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - बर्ड फ्लूको सङ्क्रमण पुष्टि भएकाे काठमाण्डाैको तारकेश्वर नगरपालिका-७ क्षेत्रमा थप अध्ययनका लागि पशुसेवा विभागको अध्ययन टोली जाँदै छ ।

आसपासका क्षेत्रमा पालिएका पक्षीहरुको अवस्था कस्तो छ भनेर प्रभावित क्षेत्रमा टोली जान लागेको विभागका निमित्त महानिर्देशक डाक्टर दमयन्त्री श्रेष्ठले जानकारी दिनुभयो । काठमाण्डाैमा रोगको सङ्क्रमण कसरी आयो भन्नेबारे टोलीले अध्ययन गर्नेछ । यस्तै कुखुरामा कुनै समस्या देखिने बित्तिकै तत्काल परीक्षण गरिहाल्न विभागले आग्रह गरेको छ ।

५ वटै पशुरोग अन्वेषण प्रयोगशाला रहेको र केन्द्रमा पनि केन्द्रीय पशुपक्षी रोग अन्वेषण प्रयोगशाला रहेकाले केही समस्या देख्नेबित्तिकै तत्काल परीक्षण गराइहाल्न विभागले आग्रह गरेको हो । यस्तै विभागले पक्षी तथा पक्षीजन्य वस्तुको उत्पादन र ओसापसारमा खटिने व्यक्तिहरुले अनिवार्य स्वास्थ्य परीक्षण गर्न आग्रह गरेको छ ।

भेटेरिनरी प्रमाणपत्र लिएर मात्रै एक ठाउँबाट अर्को ठाउँमा ओसारपसारमा खटिन विभागका निमित्त महानिर्देशक श्रेष्ठको आग्रह छ । यस्तै काठमाण्डाैमा बर्ड फ्लूको देखिएपछि भारतसँगको नाकामा कडाइ गरिएको छ । यसअघि भारतमा बर्ड फ्लू देखिएकाले भारतसँगको सबै नाकामा कडाइ गरिएको पशुसेवा विभागले जनाएको छ ।

विभागले भारतबाट हुने पक्षीजन्य सबै वस्तु आयातमा पूर्ण प्रतिबन्ध लगाइएको पनि जनाएको छ । केन्द्रीय पशुपक्षी रोग अन्वेषण प्रयोगशालामा गरिएको रियल टाइम पीसीआर परीक्षणमा काठमाण्डाै बर्ड फ्लू पुष्टि भएको हो । यसैबीच नेपालमा बर्ड फ्लू फेला परेकाले राम्रोसँग पकाएर मात्रै मासु खान डाक्टरले सुझाव दिएका छन् ।

बर्ड फ्लु पक्षीबाट मान्छेमा पनि सर्न सक्ने सम्भावना रहेकाले राम्रोसँग पकाएर मात्रै मासु खानुपर्ने डाक्टरको सुझाव छ ।  
 

अन्तिम अपडेट: पुस १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया