अहिलेकाे चुनाव खर्च महँगाे पर्न सक्ने प्रमुख निर्वाचन आयुक्त थपलियाको भनाइ, बजेटको चिन्ता नलिनुस् : अर्थमन्त्री

 माघ २०, २०७७ मंगलबार १८:५:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – प्रमुख निर्वाचन आयुक्त दिनेशप्रसाद थपलियाले कोरोना भाइरस महामारीका कारण चुनावको खर्च विगतमा भन्दा धेरै हुन सक्ने बताउनुभएको छ । 

अर्थमन्त्री विष्णु पौडेलसँग आयोगमा मङ्गलवार भएको छलफलमा प्रमुख निर्वाचन आयुक्त थपलियाले तोकिएको मितिमा नै चुनाव सम्पन्न गर्न तथा विगतमा भन्दा मितव्ययी हुन कोसिस गरे पनि कोरोना महामारीबाट बच्दै काम गर्नुपर्ने भएकाले केही लामो प्रक्रिया र जनशक्ति धेरै लाग्न सक्ने बताउनुभयो । उहाँले पहिलेको तुलनामा बजेट व्यवस्थापनमा थप दबाब सिर्जना भएको पनि बताउनुभएको छ ।

छलफलमा अर्थमन्त्री विष्णु पौडेलले विगतमा भन्दा कम खर्चमा चुनाव गराउने वातावरण बनाउन आग्रह गर्नुभएको छ । उहाँले स्वच्छ, स्वतन्त्र, निष्पक्ष, एवम् मितव्ययी चुनावका लागि बजेट अभाव हुन नदिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । उहाँले नेपाल सरकारको नीतिअनुसार वैदेशिक सहायताका सन्दर्भमा समेत अर्थ मन्त्रालयबाट पूर्ण सहयोग हुने कुरा व्यक्त गर्नुभयो । 

साथै उहाँले बजेटको चिन्ता नलिन आग्रह गर्नुभएको छ ।   

अन्तिम अपडेट: बैशाख १३, २०८१

1 Comments

  • bsn

    Feb. 2, 2021, 9:53 p.m.

    कति सजिलोगरि भनेको। उडाउडा जनताले पसिना बगाएर दिएको सम्पति उडा। तिमीहरुले आफ्नो मेहेनतले कमाको भए पो माया लाग्थ्यो। लाज पचेका कुकुरहरु।

  •  0 Reply

तपाईको प्रतिक्रिया