प्रचण्डविरुद्धकाे अवहेलना मुद्दाकाे पेसी सर्‍याे

 माघ २०, २०७७ मंगलबार १९:३०:१६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) काे दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविरुद्ध सर्वोच्च अदालतमा परेको अदालतको अवहेलना मुद्दाको पेसी सरेको छ ।

मङ्गलवार (आज) न्यायाधीश मनोज शर्माको इजलासमा पेसी तोकिएको थियो तर हेर्न नभ्याएपछि पेसी सरेको हो । प्रचण्डविरुद्ध साेमवार (हिजो) अधिवक्ता समीर हायूले अदालतको अवहेलनाको निवेदन दर्ता गर्नुभएको थियो ।

गएको शुक्रवार विराटनगरको सभामा प्रचण्डले दिएको अभिव्यक्तिले अदालतको अवहेलना भएको भन्दै अधिवक्ता हायूले मुद्दा दर्ता गर्नुभएको हो । प्रचण्डले सम्बोधनका क्रममा शान्ति र न्यायका लागि जसले त्याग र बलिदान गर्‍याे उसैलाई निमेट गर्ने र अपमान गर्ने काम भएको भन्दै अदालतले फैसला नगरे नागरिकको अदालतबाट भए पनि फैसला गर्ने बताउनुभएको थियो ।

यसअघि प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वसभामुख दमननाथ ढुङ्गाना, पूर्व चारप्रधानन्यायाधीश मीनबहादुर रायमाझी, कल्याण श्रेष्ठ, अनुपराज शर्मा र सुशीला कार्कीविरुद्ध पनि अवहेलनासम्बन्धी मुद्दा दर्ता भएको थियो । यो मुद्दामा अदालतले लिखित जवाफ पेस गर्न आदेश दिइसकेको छ । 

अन्तिम अपडेट: चैत २४, २०८०

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया