चिठी पुर्‍याएर फर्किने क्रममा चिसाेले कठ्याङ्ग्रिएर साेलुखुम्बुमा एक कर्मचारीकाे ज्यान गयाे

 माघ २५, २०७७ आइतबार २०:१३:५५ | सुवास दर्नाल
unn.prixa.net

साेलुखुम्बु जिल्ला हुलाक कार्यालय सोलुखुम्बुका एक कर्मचारीको चिसाेले कठ्याङ्ग्रिएर ज्यान गएकाे छ । हुलाकीका रूपमा कार्यरत सोलुदूधकुण्ड नगरपालिका ५ नयाँबजारका राम श्रेष्ठको शनिबार राति लमजुरा जङ्गलमा ज्यान गएकाे जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।    

शनिबार हिमपातका कारण ज्यान गएका मृतक श्रेष्ठ र उहाँका ज्वाई प्रकाश राई ओडरमा बास बसेका थिए । ओडारमा चिसोका कारण कठ्याङ्ग्रिएर गम्भिर विरामी परेका श्रेष्ठको आईतबार मृत्यु भएको प्रहरी निरिक्षक महेन्द्र दर्नालले जानकारी दिनुभयो ।

लिखुपिके गाउँपालिकामा चिठी पुर्‍याएर फर्कने क्रममा श्रेष्ठकाे ज्यान गएकाे प्रहरी निरीक्षक (इन्स्पेक्टर) महेन्द्र दर्नालले जानकारी दिनुभयो । उहाँका अनुसार शनिबार हिमपातका कारण मृतक श्रेष्ठ र उहाँका ज्वाईँ प्रकाश राई ओडारमा बास बसेका थिए । ओडारमा चिसोका कारण कठ्याङ्ग्रिएर गम्भीर बिरामी परेका श्रेष्ठको आइतबार ज्यान गएकाे हाे 

शवलाई पोस्टमार्टमका लागि फाप्लु ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

यसैबीच शनिबार साँझ पानीसँगै परेकाे चट्याङ लागेर मोलुङ गाउँपालिका ९ नयाँवनकी २४ वर्षीया छम्जी शेर्पाको ज्यान गएको प्रहरी चौकी श्रीचौरका इञ्चार्ज मन्दीप लुईँटेलले जानकारी दिनुभयो ।    

अन्तिम अपडेट: चैत १४, २०८०

सुवास दर्नाल

उज्यालोका सोलुखुम्बु सहकर्मी सुवास दर्नाल हिमाल एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया