ज्येष्ठ नागरिकलाई कोसेलीसहित स्वास्थ्य परीक्षण

 माघ २८, २०७७ बुधबार ७:०:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

पाल्पा – पाल्पाको तानसेन नगरपालिकाले ८५ वर्ष उमेर पूरा भएका दुई सय ६७ जना ज्येष्ठ नागरिकहरुलाई सम्मान गर्दै स्वास्थ्य परीक्षण गरेको छ ।  

उहाँहरुलाई स्वास्थ्य परीक्षण र औषधिसहित कपडा, पौष्टिक आहार प्रदान गरिएको तानसेन नगरपालिकाका प्रमुख अशोककुमार शाहीले जानकारी दिनुभयो । नगरप्रमुख शाहीका अनुसार उहाँहरूलाई ब्ल्याङ्केट, ज्याकेट, जुत्ता, मोजा, टोपी र झोला प्रदान गरिएको छ । 

ज्येष्ठ नागरिकको जीवनबाट भावीपुस्ताका लागि ठूलो सिकाइ मिल्ने भन्दै उहाँहरुलाई मुख्यमन्त्री ग्रामीण विकास तथा रोजगार कार्यक्रम अन्तर्गत सम्मान गरिएको हो । 

तानसेन नगर समितिका सदस्य गुराँस आत्रेयका अनुसार स्वाथ्यकर्मीहरुले ज्येष्ठ नागरिकहरुको मधुमेह, रक्तचाप परीक्षण गर्दै आवश्यकताअनुसार औषधि प्रदान गरिएको छ । 

वडा कार्यालयमा पुगेर सम्मान तथा स्वास्थ्य परीक्षण गरिएको र वडासम्म आउन नसक्ने ज्येष्ठ नागरिकलाई घरघरमै पुगेर परीक्षण सम्मान र औषधि प्रदान गरिएको तानसेन नगरपालिकाले जनाएको छ । 
 

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया