प्रतिनिधि सभा विघटनकाे विराेधमा नागरिक खबरदारी

 माघ ३०, २०७७ शुक्रबार १४:४९:१६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – प्रतिनिधि सभा विघटनविरुद्ध नागरिक खबरदारी गरिएको छ । प्रजातान्त्रिक विचार समाजको आयोजनामा शुक्रवार माइतीघर मण्डलामा प्रतिनिधि सभा विघटनविरुद्ध नागरिक खबरदारी गरिएको हो ।

विधिको शासन कायम गर, मानव अधिकारको रक्षा गर, हत्या, हिंसा बन्द गर, प्रेस स्वतन्त्रता सुनिश्चित गर, प्राज्ञिक स्वतन्त्रता कायम गरलगायतका नारा लेखिएको प्लेकार्डसहित उपस्थित नागरिक समूहका अगुवाहरूले प्रतिनिधि सभा विघटन कदमको विरोध गरेका हुन् ।

प्रजातान्त्रिक विचार समाजका अध्यक्ष केदारनरसिंह केसीले सरकारको असंवैधानिक, अलोकतान्त्रिक र सर्वसत्तावादी कदमविरुद्ध सबै बुद्धिजीवी एकै ठाउँमा आउनुपर्ने बताउनुभयो । उहाँले सडक र सदन दुवैमा अराजकतावादी रहेका र तिनले लोकतन्त्रलाई नष्ट गर्न खोजेको बताउनुभयो । उहाँले लोकतन्त्र र प्रजातन्त्रको रक्षाका लागि सबै लोकतन्त्रवादीलाई एकजुट भएर अघि बढ्न आग्रह गर्नुभयो ।

नागरिक खबरदारी कार्यक्रममा बोल्दै डा. गोविन्द केसीले नागरिकले रगत र पसिना बगाएर ल्याएको प्रजातन्त्रको मूल, मर्म, स्वतन्त्रता र नागरिक अधिकार सरकारले खोसेको बताउनुभयो । उहाँले आफ्नो घृणित स्वार्थका लागि प्रधानमन्त्री केपी ओलीले प्रतिनिधि सभा विघटन गरी संविधान र प्रजातन्त्रको हत्या गरेको बताउनुभयो ।

डा. केसीले प्रतिनिधि सभा विघटनको विरोध गर्नु प्रजातन्त्रवादीको परम कर्तव्य रहेको भन्दै सम्पूर्ण प्रजातन्त्र र लोकतन्त्रवादी एक ठाउँमा आउनुपर्ने धारणा राख्नुभयाे । 

 

अन्तिम अपडेट: पुस १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया