कालिकाेटका तीन पालिकामा अझै पनि सञ्चारकाे समस्या

 फागुन १, २०७७ शनिबार १३:५२:६ | मनिराज पाण्डे
unn.prixa.net

कालिकोट – कालिकोटका तीन वटा पालिकामा अझै पनि प्रभावकारी ढंगले सञ्चार सेवा पुग्न सकेको छैन । यहाँका तिलागुफा नगरपालिका, महाबै र पलाँता गाउँपालिकामा प्रभावकारी सञ्चार सेवा पुग्न सकेकाे छैन ।नेटवर्कले राम्रेासँग काम नगर्ने, टेलिफोनका पोल तथा तारहरु व्यवस्थित नभएको र स्थानीय तहमा काम परेको बेला फोन समेत नलाग्ने समस्या छ ।

जिल्लाका सबै ठाउँहरुमा प्रभावकारी सञ्चार सेवा पुर्‍याउन जिल्ला प्रशासन कार्यालय कालिकोटले आज नेपाल टेलिकमका क्षेत्रीय निर्देशक अनन्त मल्लिक, प्राविधिक शिव प्रपाद खनाल र कालिकोटका राजनीतिक दल, पत्रकार, नागरिक समाजबीच छलफल गरेको छ । छलफलमा टेलिकमको सेवा नपुगेका क्षेत्रमा तत्काल सेवा विस्तार गर्ने, सेवा पुगेको तर गुणस्तरीय नभएको ठाउँमा गुणस्तरमा सुधार ल्याउने र विद्युतको राष्ट्रिय प्रशारण लाइनसँगै अप्टिकल फाइबर जिल्लामा पुर्‍याउन पहल गर्ने सहमती भएको छ ।

अन्तिम अपडेट: बैशाख ४, २०८१

मनिराज पाण्डे

कालिकोटका पत्रकार मनिराज पाण्डे उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया