एसीसी १९ वर्षमुनिको महिला एशिया कपमा नेपाली र श्रीलङ्काको खे...
पुस ४, २०८१ बिहिबार
काठमाण्डाै – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–माधव समूहले चौथो चरणको विरोध कार्यक्रम घोषणा गरेको छ । प्रतिनिधि सभा विघटनविरुद्ध सडक सङ्घर्षमा रहेको प्रचण्ड–माधव समूहले पत्रकार सम्मेलन गरेर सङ्घर्षको चौथो चरणको कार्यक्रम घोषणा गरेको हो ।
आन्दोलनका कार्यक्रमअनुसार आउँदो बुधबारदेखि १२ गतेसम्म जिल्लामा विरोध प्रदर्शन हुने छ । यस्तै बिहीवार काठमाण्डाैकाे टुँडिखेल वरपर मानव साङ्लो बनाएर विरोध गर्ने कार्यक्रम रहेको समुहका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।
समूहले फागुन ७ गते पालिकाको वडास्तरमा विरोध कार्यक्रम, ८ गते काठमाण्डाैमा प्रतिगमनविरुद्ध अन्तरक्रिया, ९ गते प्रतिगमन र महिला हिंसाका घटनाविरुद्ध देशव्यापी विरोधलगायतका कार्यक्रम छन् ।
त्यस्तै १२ गते चितवनमा र २१ फागुनमा दाङमा ठूलो विरोध सभा हुने प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
योगराज दाहाल
Feb. 15, 2021, 6:39 a.m.चाणक्य स्वयं सम्राट बन्न चाहेनन् र शिष्य चन्द्रगुप्तलाई सम्राटका रूपमा स्थापित गरे । त्यसैले चाणक्यलाई ‘किङ्ग मेकर’ भनिन्छ । उनले प्रथम मौर्य सम्राट चन्द्रगुप्त तथा उनका छोरा एवं उत्तराधिकारी बिन्दुसारलाई राजकाजका निम्ति अभिभावकत्व प्रदान गर्दै मार्गदर्शन गराइरहे । चाणक्यले आफ्ना निम्ति रोजेको पद ‘महामन्त्री’ को थियो । तर, उनले उक्त पदसँग जोडिने सुविधा उपभोग गरेनन् । मौर्य साम्राज्यको राजधानी पाटलीपुत्र (अहिलेको पटना) को एउटा सानो झुपडीमा बस्थे, चाणक्य । “महामन्त्री जस्तो मान्छे दरबारमा नबसेर किन झुपडीमा ?” बारम्बार सोधिने प्रश्नको उत्तर उनी यसरी दिन्थे, “जुन देशका मन्त्री दरबारमा बस्छन्, त्यस देशका जनता झुपडीमा बस्नुपर्ने हुन्छ, र जुन देशका मन्त्री झुपडीमा बस्छन् त्यस देशका जनता महलमा बस्न सक्ने हुन्छन् ।” तर आज भोलि भने राम्रो नेता पद र कुर्चिको लागि आफ्नो स्वार्थ को लागि सोझासाझा जन्तालाइ उल्लु बनाउदै ।आफु आफु लडिरहेका छन र फोहोरी राजनीति गर्दै छन । देश र जनताको भलो सकैले पनिचाहेनन् । यो फोहोरी राजनीति कैले सम्म चल्छ सरकार