पशुपतिनाथलाई राजनीतिक स्वार्थका लागि उपयोग गरियाे : नारायणकाजी श्रेष्ठ

 फागुन २, २०७७ आइतबार १६:५४:१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) काे प्रचण्ड–माधव समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठले पशुपतिनाथलाई राजनीतिक स्वार्थका लागि उपयोग गरिएको बताउनुभएको छ । 

आइतबार नेकपा केन्द्रीय सङ्घर्ष समितिको चौथो चरणको आन्दोलन घोषणा कार्यक्रममा सञ्चारकर्मीसँग कुराकानी गर्दै प्रवक्ता श्रेष्ठले आफ्ना नेताहरूको प्रस्तुतिलाई गलत ढङ्गले तोडमोड गरेर धर्म र पशुपतिनाथलाई सङ्कीर्ण राजनीतिक स्वार्थका लागि उपयोग गरिएको बताउनुभएको हो । पशुपतिनाथ विश्वभरिका हिन्दूहरूको आराध्यदेव र आस्थाको केन्द्र भएकाले आफूहरूले सम्मान गर्ने उहाँको भनाइ छ । यस्तो संवेदनशील पक्षलाई निकृष्ट, तुच्छ स्वार्थका लागि दुरुपयोग नगर्न पनि उहाँले सम्बन्धित पक्षलाई अनुरोध गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘हाम्रो संविधानले नेपाललाई धर्म निरपेक्ष देश भनेको छ, त्यसको अर्थ देश धर्मबाट अलग हुने भनेको हो । तर नेपाली नागरिककाे धार्मिक आस्थाको, धार्मिक स्वतन्त्रताको हामी उच्च सम्मान गर्दछौँ र त्यसका लागि हामीले सङ्घर्ष पनि गरेका हौँ । हरेक व्यक्तिले धर्म मान्न पाउने छुट छ र हरेक व्यक्तिले आफ्नो सनातनदेखिको वा आफ्नो विवेकअनुसारको धार्मिक आस्थाअनुसार अगाडि बढ्न पाउने र त्यसलाई मान्न पाउने छुट छ र त्यसको हामी सम्मान गर्दछौँ । त्यस्तै पशुपतिनाथ विश्वभरिका हिन्दूहरूको आराध्यदेवको रूपमा लिइन्छ र सबै हिन्दूहरूको आस्थाको केन्द्र हो । त्यसकारणले त्यसको पनि हामी उच्च सम्मान गर्छौँ । तर हाम्रा नेताहरूको प्रस्तुतिलाई गलत ढङ्गले तोडमोड गरेर धर्म र पशुपतिनाथ जस्तो धार्मिक संस्थालाई सङ्कीर्ण राजनीतिक स्वार्थका लागि उपयोग गर्ने, यस्तो संवेदनशील पक्षहरूलाई निकृष्ट, तुच्छ स्वार्थका लागि दुरुपयोग गर्ने काम नगर्न पनि हामी सम्बन्धितहरूलाई अनुरोध गर्न चाहन्छौँ ।’

प्रवक्ता श्रेष्ठले आफूहरू सडक सङ्घर्षमा मात्रै नभइ कानुनी मोर्चामा पनि सङ्घर्ष गरिरहेको बताउनुभयो । सरकारले चुनाव गराउनका लागि मिति घोषणा गरेको होइन भन्ने कुरामा स्पष्ट हुन जरुरी रहेको उहाँको भनाइ छ । सङ्घर्ष सफल बनाएर प्रतिनिधि सभा पुनर्स्थापना गर्ने प्रवक्ता श्रेष्ठकाे दाबी छ । 

अन्तिम अपडेट: असार १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया